दफा १०
नियम बनाउने नेपाल सरकारको अधिकार
(१) यो ऐनको उद्देश्य कार्यान्वित गर्नको लागि नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपारी देहायको विषयहरुमा समेत नियम बनाउन सकिनेछः–
(क) छात्रवृत्तिको विषय स्वीकृति गर्ने,
(ख) उम्मेदवार छनौट गर्ने तरिका,
(ग) छात्रवृत्तिको अवधि थप्ने,
(घ) एक विषयमा छात्रवृत्ति पाएको व्यक्तिले सो विषय परिवर्तन गर्ने,
(ङ) अध्ययन वा तालीम सकिएपछि प्रतिवेदन गर्ने, र
(च) सरकारी कर्मचारीलाई अध्ययन सम्बन्धी विदा दिने ।